पोखरामा मुवाँथाईको प्रशिक्षण
पाेखरा | जेठ ९, २०८०
पोखरा: पोखरामा जारी मुवाँथाईको समर क्याम्पमा सहभागीहरुलाई मंगलबार मुवाँथाई खेलको शैद्धान्तिकतर्फको प्रशिक्षण सम्पन्न गरिएको छ ।
थाईल्याण्डबाट सुरु भएको मार्शल आर्ट खेल मुवाँथाई विश्वव्यापी बने संगै यूवा खेलाडी उत्पादन गर्न पोखरामा ४५ दिने निशुल्क समर क्याम्प सुरु गरिएको हो । सो समर क्याम्पन अन्तर्गत मंगलबार मुवाँथाई खेलको इतिहास, खेलमा प्रयोग हुने भाषिक शब्दहरु, ‘फाइभ डब्लु एच’का विभिन्न विषयमा प्रशिक्षण दिइएको उक्त खेलका अन्तर्राष्ट्रिय सर्टिफाइड तथा नेपालका मुख्य प्रशिक्षक खगेन्द्र क्षेत्रीले जानकारी दिए ।
विभिन्न विद्यालयका १ सय जना भन्दा बढि सहभागि रहेको समर क्याम्पमा मुवाँथाई खेलको ‘ट्रेडिसनल, प्रोफेसनल, अमेच्योर र विशेषता र भिन्नताका बारेमा समेत जानकारी गराइएको थियो । सो अवसरमा व्यवसायिक खेलकुदमा मुवाँथाईको विकासका बारेमा जानकारी गराउनुका साथै सो को प्रदर्शनी खेलहरुसमेत गरिएको क्षेत्रीले बताए ।
सहभागिहरुलाई प्रशिक्षकहरु ज्ञानेन्द्र सिंह, शुष्मा चौधरी, अनिश मगर, अर्मान गुरुङले प्रशिक्षण दिएका थिए ।
उक्त समर क्याम्पको यहि शनिबार समापन गर्ने तयारी समेत भइरहेको प्रशिक्षक क्षेत्रीले जानकारी दिए। दिक्षान्त समारोहसहित कार्यक्रमको समापन गरिने र सहभागिहरुलाई ब्याण्डसमेत प्रदान गरिने छ ।
मुवाँथाई खेल बुद्ध र हिन्दु धर्मको समिश्रण रहेकोले पनि यो खेलको महत्व उत्तिकै रहेको जनाउँदै मुख्य प्रशिक्षक क्षेत्री यो वर्ष पोखराका केही विद्यालयहरुमा प्रशिक्षणको सुरुवात गरिने बताए । 'मुवाँथाई खेलको विकासका लागि हामी प्रतिबद्ध छौं । विश्वमा यो खेलको प्रोफेसानिलिजम बढे संगै त्यसका लागि तयारी आवश्यक छ । नेपाल पनि यो खेलमा सक्षम छ भन्ने सन्देश दिन आवश्यक छ,' उनले भने ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

